गाउँपालिकाका कर्मचारी चढेको जीप दुर्घटना हुँदा ११ जना घाइते

 वैशाख १, २०८२ सोमबार १७:६:१८ | रासस
unn.prixa.net

साङ्केतिक तस्वीर

बागलुङ – बागलुङमा गाउँपालिकाका कर्मचारी चढेको जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारदेखि पर्यटकीय क्षेत्र बराहतालतर्फ जाँदै गरेको ग १ ५७०५ नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा गाउँपालिकाकी सहायक प्रशासकीय अधिकृत मुना विक, नायब पशु शाखा प्राविधि प्रेम रावल, सहायक लेखा अधिकृत सुदर्शन कुसारी, कार्यालय सहयोगी सचिन विक, प्राविधिक सहायक नवीन मल्ल घाइते भएका छन् ।

त्यस्तै गाउँपालिकाकी पूर्वउपाध्यक्ष मनसरी शेरचन, त्यही ठाउँकी इन्द्राकुमारी गिरी, वसन्ती मगर, गाडी चालक सुशील रसाइली, मनी मगर र झरना गिरी घाइते भएका बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

घाइतेमध्ये मुना विक र नवीन मल्लको अवस्था गम्भीर रहेकोले उनीहरूलाई धौलागिरि प्रादेशिक अस्पताल बागलुङ पठाइएको छ । अन्य घाइतेहरूको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया