अमेरिकी राष्ट्रपति ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा दिँदै आएको आर्थिक सहयोग अब नदिने

 वैशाख २, २०८२ मंगलबार १२:४८:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाले हार्वर्ड विश्वविद्यालयमा दिँदै आएको आर्थिक सहयोग अब नदिने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयको दुई अर्ब अमेरिकी डलर बराबरको सङ्घीय कोष बन्द गर्नुभएको हो ।

राष्ट्रपति ट्रम्पले विश्वविद्यालयले आफ्नो प्रस्तावलाई अस्वीकार गरेपछि आर्थिक सहयोगमा रोक लगाउनुभएको बीबीसीले जनाएको छ । भर्ना प्रक्रिया र प्रशासनमा परिवर्तनलगायत माग राख्दै गएको हप्ता ह्वाइट हाउस प्रशासनले विश्वविद्यालयलाई पत्र लेखेको थियो ।

पत्रमा सरकारसँग आर्थिक सहकार्य गर्नका लागि १० विषयमा परिवर्तन गर्नुपर्ने उल्लेख रहेको बीबीसीले जनाएको छ । तर विश्वविद्यालयले राज्यले अनावश्यक नियन्त्रण गर्न खोजेको भन्दै यो मागलाई अस्वीकार गरेको थियो ।

ट्रम्प प्रशासनको दबाjमा परेर आफ्नो नीति परिवर्तन नगर्नेमा हार्वर्ड विश्वविद्यालय अमेरिकाको पहिलो विश्वविद्यालय बनेको छ । विश्वविद्यालयका अध्यक्ष एलन गार्वरले आफ्नो नीतिमा कसैसँग सम्झौता नगर्ने भन्दै विज्ञप्ति निकाल्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया