विदेश पठाइदिने भन्दै आफ्नै देशका नागरिकलाई ठगी गर्ने ५ जना ब...
बैशाख १२, २०८२ शुक्रबार
चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स एप डीपसीकले प्रयोगकर्ताको सहमतिबिना नै क्लाउड सर्भिस प्लेटफर्ममा व्यक्तिगत डाटा ट्रान्सफर गरिरहेको दक्षिण कोरियाको डाटा सुरक्षा प्राधिकरणले जनाएको छ ।
व्यक्तिगत सूचना संरक्षण आयोग (पीआईपीसी) का अनुसार एआई उपकरण, नेटवर्क र प्रयोगकर्ता इनपुटहरू समावेश रहेको जानकारी बेइजिङ प्लेटफर्म भोल्केनो इन्जिनमा सर्भरहरूमा हस्तान्तरण गरिएको थियो । भोल्केनो इन्जिन बेइजिङमा आधारित क्लाउड सेवा प्लेटफर्म हो जुन बाइटडान्सको स्वामित्वमा छ । यो अत्यन्तै लोकप्रिय प्लेटफर्म टिकटकको मूल कम्पनी पनि हो ।
डीपसीकको आर वान च्याटबटले पश्चिमी प्रतिस्पर्धीहरूको कामहरूसँग मेल खाने क्षमता देखाएपछि जनवरीमा लगानीकर्ताहरू र उद्योग विशेषज्ञहरूलाई आश्चर्यचकित पारेको थियो । डीपसीकले टिप्पणीको अनुरोधका लागि प्रतिक्रिया नदिएको समाचारसंस्था एएफपीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।