निजीका आवासीय डाक्टरलाई निर्णय भएको मितिदेखि नै सरकारी सरह ...
बैशाख १५, २०८२ सोमबार
गोरखा – गोरखामा चट्याङ लागेर सहिद लखन गाउँपालिका–१ बक्राङका ४२ वर्षका राजु खनालको ज्यान गएको छ । हिजो बेलुका घरमा बसिरहेका बेला परेको चट्याङ लागेर खनाल गम्भीर घाइते हुनुभएको थियो ।
घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
त्यस्तै हिजै बेलुका पालुङटार नगरपालिका–७ च्याङलीमा चट्याङ लागेर ५० वर्षकी सुकमायाँ आले र १८ बर्षिया विपना आले घाइते हुनुभएको छ । घाइते दुवै जनाकाे चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।