अमेरिकाले यमनमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जना आप्रवासीक...
बैशाख १५, २०८२ सोमबार
चीन र फिलिपिन्सबीच विवादित समुद्री क्षेत्र साउथ चाइना सीमा रहेको एउटा बलौटे ढिस्को चिनियाँ तटरक्षकहरूले आफ्नो नियन्त्रणमा लिएका छन् । चिनियाँ सरकारी प्रसारक सीसीटीभीले ४ जना सैनिक चिनियाँ झण्डा बोकेर उभिएको तस्वीर सार्वजनिक गर्दै विवादित बलौटे ढिस्को नियन्त्रणमा लिएको जानकारी गराएको हो ।
'स्यान्डी के' नाम रहेको झन्डै २ सय वर्गमिटरको विवादित ठाउँ स्प्र्याट्ली आइल्यान्ड्समा पर्छ । साउथ चाइना सीका कैयौं टापुमा चीन र फिलिपिन्स दुवैले आफ्नो दाबी गर्दै आएका छन् । यो क्षेत्रमा दुई देशबीच बारम्बार भइरहने विवाद कहिलेकाहीँ झडप र जहाजहरू जुधाउने हदसम्म पुग्ने गरेको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालयले त्यो क्षेत्र चीनले कब्जा गरेको समाचार सत्य भएको र त्यो गम्भीर विषय रहेको बताएको छ । अमेरिकी र फिलिपिनो सेनाबीच वार्षिक रूपमा हुँदै आएको युद्धशैलीको सैन्य अभ्यास चलिरहेका समयमा चीनले समुद्री टापु आफ्नो कब्जामा लिएको जनाएको छ ।
फिलिपिन्सको सेनाले जारी सैन्य अभ्यास राष्ट्रिय रक्षाको पूर्वाभ्यास रहेको र कुनै पनि देश लक्षित नरहेको दाबी गरेको छ । साउथ चाइना सीमा सयौं वर्षदेखि विवाद छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।