अमेरिकाले यमनमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जना आप्रवासीको ज्यान गयाे

 वैशाख १५, २०८२ सोमबार १८:२७:२१ | एजेन्सी
unn.prixa.net

तस्वीर : राेयटर्स

अमेरिकाले यमनमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जना अफ्रिकी आप्रवासीको ज्यान गएको छ ।

हुथी विद्रोही नियन्त्रित उत्तर–पश्चिमी यमनमा रहेको एक हिरासत केन्द्रमा अमेरिकी आक्रमणमा अन्य ४७ जना आप्रवासी घाइते भएका सशस्त्र समूहको टीभी च्यानललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घाइतेमध्ये धेरै जनाको अवस्था गम्भीर रहेको छ ।

हुथी विद्रोहीविरुद्ध अमेरिकी सेनाले झन्डै तीन हप्तादेखि सैन्य अभियान सञ्चालन गरिरहेको छ, यसअन्तर्गत अहिलेसम्म आठ सयभन्दा बढी हवाई आक्रमण भएका खबरमा उल्लेख छ ।

हुथी समूहले लाल सागरमा हुने अन्तर्राष्ट्रिय व्यापारिक जल यातायात र इजरायलमाथि आक्रमण गरी क्षेत्रीय सुरक्षामा खतरा निम्त्याइरहेको अमेरिकाले बताउँदै आएको छ । अमेरिकाले स्पष्ट रूपमा इरानलाई हुथी लडाकूहरूलाई निरन्तर समर्थन गरिरहेको आरोप लगाएको छ । इरानको समर्थनविना हुथीहरूले निरन्तर आक्रमण गर्न नसक्ने केन्द्रीय कमान्डको वक्तव्यमा भनिएको छ ।

सन् २०२२ मा यूएईको अबुधाबी नजिक हुथीहरूले मिसाइल र ड्रोनबाट आक्रमण गर्दा तीन जनाको ज्यान गएको थियो । त्यसपछि हुथी र अमेरिका समर्थित गठबन्धनबीचको सङ्घर्ष अझै चर्किएको हो ।

युद्धले लामो समयदेखि यमनलाई मानवीय सङ्कटमा पारेको छ, युद्धका कारण लाखौं नागरिक खाद्य, पानी र स्वास्थ्य सेवाको अभावमा छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया