अमेरिकाले यमनमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जना आप्रवासीक...
बैशाख १५, २०८२ सोमबार
बङ्गलादेशका क्रिकेटर त्वहिद हृदोय चार खेलको प्रतिबन्धमा परेका छन् । बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले तत्काल लागू हुने गरी त्वहिदलाई चार खेलको प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।
बङ्गलादेशका लागि अहिलेसम्म ३५ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र ३२ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका २४ वर्षीय खेलाडी अहिले चलिरहेको बसुन्धरा ढाका प्रिमियर डिभिजन क्रिकेट लिग (डीपीडीसीएल) मा मोहम्मद स्पोर्टिङ क्लबको नेतृत्व गरिरहेका छन् ।
हृदोयले यसअघि अप्रिल १२ मा पनि खेलका क्रममा अम्पायरहरूसँग बहस गरेका थिए । फेरि उनले अप्रिल २६ मा डीपीडीसीएलमा गाजी ग्रूप क्रिकेटर्ससँगको खेलमा उनले आउट भएपछि निकै निराश हुँदै अम्पायरको निर्णयको विरोध गरेका थिए । त्यसपछि उनलाई बीसीबीको आचारसंहिता उल्लङ्घन गरेकोमा दोषी ठहर गरिएको हो ।
प्रतिबन्धका कारण अब त्वहिद यस डीपीएल सिजनको अन्तिम खेल र अर्काे सिजनको तीन खेलबाट बाहिर रहनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।