शिक्षक आन्दोलनबारे संसदमा प्रतिपक्षी दलहरूको जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव

 वैशाख १५, २०८२ सोमबार १८:१८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – विपक्षी दलहरूले शिक्षक आन्दोलन र मागबारे संसद्‍मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । विगतमा सरकार र नेपाल शिक्षक महासङ्घबीच भएका सम्झौताहरू कार्यान्वयनको मागसहित महासङ्घको आह्वानमा भइरहेको शिक्षक सडक आन्दोलनप्रति ध्यानाकर्षण भएको भन्दै विपक्षी दलका सांसदहरूले छलफलका ६ बुँदा पेश गरेका छन् ।

जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराउने सांसदहरूमा नेकपा (माओवादी केन्द्र) का हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, आम जनता पार्टीका प्रभु साह हुनुहुन्छ ।

त्यसअघि प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलसहित सत्तापक्षका सांसदहरूले पनि हिजो शिक्षकहरूको आन्दोलनमा बल प्रयोग गरेकोमा विरोध गर्दै उनीहरूको समस्या समाधान गर्न सरकारको ध्यानकर्षण गराएका छन् । विद्यालय शिक्षा ऐनको माग गर्दै चैत २० गतेदेखि काठमाण्डौमा प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज २७औं दिनमा पनि प्रदर्शन गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया