कार्यस्थलमा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस मनाइँदै

 वैशाख १५, २०८२ सोमबार १२:५०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – आज कार्यस्थलमा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस मनाइँदैछ । यस वर्ष ‘स्वास्थ्य र सुरक्षामा क्रान्तिः काममा कृत्रिम बौद्धिकता (एआई) र डिजिटल प्रविधिको भूमिका’ नाराका साथ यो दिवस मनाइँदैछ । सन् २००३ मा विश्व श्रम सङ्गठन (आईएलओ)को आह्वानमा कार्यस्थलमा हुनसक्ने दुर्घटना तथा रोगको रोकथाममा जोड दिने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।

यो दिवस विश्व श्रम सङ्गठनको व्यावसायिक सुरक्षा र स्वास्थ्यसम्बन्धी विश्व रणनीतिको एक हिस्सा हो । कार्यस्थलको सुरक्षा र स्वास्थ्यलाई कसरी सुनिश्चित गर्ने भन्नेबारे जनचेतना फैलाउने र यस विषयलाई राजनीतिक प्राथमिकता ल्याउने महत्त्पूर्ण उपकरणका रुपमा विश्व सुरक्षा तथा स्वास्थ्य दिवसलाई प्रयोग गरिन्छ ।

आजको डिजिटल युगमा कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल उपकरणहरूले कार्यस्थलमा स्वास्थ्य र सुरक्षाको परिभाषा नै परिवर्तन गरिरहेका छन् । रोबोटहरू प्रयोग भइरहेका छन् । जसले भारी काम, विषालु पदार्थको व्यवस्थापन तथा अत्यधिक तापक्रममा कामजस्ता जोखिमपूर्ण कार्यहरू गरिरहेका छन् ।

डिजिटल उपकरण र सेन्सरहरूले खतरा पहिचान गर्न सक्ने क्षमता राख्छन्, जसले सुरक्षामा उल्लेखनीय सुधार ल्याएको छ । तर यिनको सही नियमन र सुरक्षात्मक उपायहरू अपनाउन भने जरुरी छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया