खाडी आएपनि देश फर्किएर सरकारी जागिर खाने सपना मरेको छैन

 पुष १, २०७५ आइतबार १७:३३:३१ | मेरो कथा मेरो भोगाई

जनक गोले/युएई ।

सन् २०१६ डिसेम्बरमा पहिलो पटक विदेशको यात्रा गरेको थिएँ । स्नातकोत्तर अन्तिम वर्षको नतिजा पर्खिँदै शाखा अधिकृतको तयारी पनि गर्दै थिएँ । २०६७ सालमा सदर चिडियाखानामा काम गर्थें ।

अधिकृतको तयारी गर्दागर्दै दुवईमा मैले जानेकै कामको माग आएको देखें । दुई चरणको अन्तरवार्ता पनि दिएँ । २० जनाको कोटामा केवल हामी ६ जना छनोट भयौं । हामी सबै एकै ठाउँमा काम गर्ने साथी थियौं । 

अन्तरवार्ता पास गरेर दुवई पुगें । दुवई नगरपालिका अन्तर्गतको कार्यालय भएकोले बस्ने सुविधा राम्रो थियो । एसीसहितको कोठा छ अनि क्लिनर र वासिङ मेसिनको सुविधा पनि थियो ।

हप्तामा दुई दिन बिदा पनि छ । काम ८ घण्टा भए पनि एक घण्टा खानाको ब्रेक हुने भएकाले ५/६ घण्टा मात्रै काम हुन्छ । घर जानका लागी कुनै रोकटोक छैन । हामी आएको १८ महिनामा दुईदेखि पाँच पटकसम्म छुट्टीमा आइसक्यौं । 

अप्ठ्यारो भनेको खासै त्यस्तो केहि छैन । आफ्नो सीपले काम गर्ने हो । मुख्य अङ्ग्रेजी भाषा नै चल्छ तर हल्का हिन्दी पनि बोलिन्छ । विदेश आएको २० महिना भयो । कुनै गुनासो छैन । सरकारी जागिर गर्ने सपना थियो, पुरा हुन सकेन ।

कहिलेकाहीँ नमिठो लाग्छ । तर पनि उमेरले सरकारी जागिरमा लड्न पाउने समय बाँकी नै भएकाले देश फर्किएर सरकारी जागिर खाने सपना मरेको छैन । वैदेशिक रोजगारमा आउनु थोरैको रहर होला तर धेरैको बाध्यता नै हो ।

त्यसैले यो क्षेत्रमा हुने गरेको वा भएको अरु समस्याहरु निराकरण गर्न सकियोस । अनि सीप र अनुभवसँगै योग्यता बढाउन तालिम र नेपाल सरकारले कुट्नीतिक रुपमा बलियो हुनुपर्छ जस्तो लाग्छ ।

त्यसैले नेपालीहरु विदेश आउँदा सीप सिकेर आउँदा राम्रो हुन्छ । र अन्तिममा 

समय मिले मन्दिरमा,रथ ठेल्न आउँला फेरि 
मिलेर देउसी अनि,भैलो खेल्न आउँला फेरि 

परदेशमा ज्यान तर स्वदेशमा मन हमेसा 
सेलरोटी पकाउन, पिठो बेल्न आउँला फेरि 

गर्मी छ चिसो बतास सम्झिन्छु हिमालको 
मिलेर सबै मन्दिरको रथ ठेल्न आउँला फेरि 

आफ्नै प्यारो आफ्नै राम्रो जे जस्तो होस यहाँ 
उकाली ओराली गाउँमा झेल्न आउँला फेरि ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया