‘लू’ काे जाेमिखसँग लड्न सरकारसँग रणनीति छैन, पूर्वतयारीकाे ...
बैशाख ११, २०८१ मंगलबार
बारा – बारामा एक दश वर्षीया बालिकामाथि बलात्कारको प्रयास भएको छ ।
प्रसौनी गाउँपालिका–५, कि एक दलित बालिकामाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ ।
बालिकालाई गाउँकै एक युवकले तोरीबारीमा लगेर बलात्कारको प्रयास गरेको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताउनुभयो । बालिकाको अभिभावकले बिहीबार जिल्ला प्रहरी कार्यालयमा संलग्न युवकलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । घटनामा संलग्न युवक फरार छन् र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी गराउनुभयो ।
बालयौन दुराचार मुद्दा फरार युवकमाथि मुद्दा दर्ता गरी थप अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो । घटनालाई मिलापत्र गराउन बुधबार गाउँमा गोप्य तरिकाले छलफल भएको थियो । स्थानीयले केही व्यक्तिले पीडित दलित बालिकाकी आमालाई घटना बाहिर नल्याउन दबाब दिएका थिए ।
जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।