आज देशभर मौसम बदली हुने

 माघ ११, २०७५ शुक्रबार १०:२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शुक्रबार देशभर मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पश्चिमका धेरै ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले अहिले पश्चिममा पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार यसकै प्रभावले शुक्रबार देशका धेरै ठाउँमा पानी पर्नेछ भने उच्च पहाडी क्षेत्रमा हिमपात पनि हुनेछ । यो प्रणाली सक्रिय भएकाले शुक्रबार देशभरी कै मौसम खुल्ने संभावना नभएको पनि उहाँले जानकारी दिनुभयो । 

मंगलबार र बुधबार देशभरी नै पानी पारेको प्रणाली निस्क्रिय भएपछि बिहीबार काठमाण्डौसहित पूर्वको मौसम खुलेको थियो । तर शुक्रबार फेरि अर्को प्रणाली आएकाले अको एकदुई दिन देशभरी कै मौसम पूर्ण रुपमा खुल्ने संभावना छैन भने केही ठाउँमा वर्षा र हिमपात हुने मौसमविद् अर्यालको अनुमान छ ।

अन्तिम अपडेट: असोज २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया