आज दिनभर पानी पर्ने सम्भावना

 माघ १२, २०७५ शनिबार ६:५५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शुक्रबारदेखि नै देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले शनिबार देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार शनिबार केहीबेर मौसम खुलेपनि फेरि बदली भई पानी पर्नेछ । ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो । यस्तै, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुने मौसमविद् प्रधानाङगले बताउनुभयो । 

आइतबारदेखि भने देशभरी कै मौसममा सुधार आउने उहाँको अनुमान छ । पानी पर्न रोकिएपछि बिहान बेलुकी भने चिसो बढ्नेछ । 

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया