आज पनि मौसम पूर्ण रुपमा खुल्ने सम्भावना छैन, पश्चिममा पानी पर्ने अनुमान

 माघ १३, २०७५ आइतबार ८:९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपत्यकामा अहिले बाक्लो कुहिरो लागेको छ । शनिबार परेको पानीका कारण हावामा जलवास्पको मात्रा पर्याप्त भएकाले कुहिरो लागेको मौसमविद्ले बताएका छन् । कुहिरोका कारण भिजिविलिटी २ सय मिटरमा झरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार दिउँसो विस्तारै कुहिरो हढ्दै जानेछ । मौसमविद् रिमालका अनुसार पानी पार्ने मौसमी प्रणाली कमजोर हुँदै गएकाले काठमाण्डौमा ठूलो पानी पर्ने सम्भावना छैन । काठमाण्डौको आइतबार बिहानको न्युनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस छ ।

पानी पार्ने मौसमी प्रणाली कमजोर भए पनि पूर्ण रुपमा हट्ने सम्भावना नभएकाले आइतबार पनि देशको मध्यपश्चिम, सुदूरपश्चिमलगायतका ठाउँमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको मौसमविद् रिमालले बताउनुभयो । तर अब लगातार हिमपात हुने सम्भावना भने नरहेको उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया