डेढ घण्टाभन्दा बढी आकाशमा घुमेपछि बल्ल अवतरण भयो कतार एयरवेजको जहाज

 माघ १३, २०७५ आइतबार १२:१७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  कतारको दोहाबाट आएको जहाज डेढ घण्टाभन्दा बढी आकाशमा घुमेपछि बल्ल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बिहान १० : ३० बजे अवतरण हुनुपर्ने जहाज खराब मौसम र विमानस्थलको चापका कारण १२ : १२ मा मात्र अवतरण भएको हो ।

अवतरण हुनुअघि जहाजले १० पटक आकाशमा फन्को लगाएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइसकेपछि पनि जहाज अवतरण हुन नसक्दा तीनपटक विमानस्थलमाथिकै आकाशमा घुम्नुपरेको थियो । त्यसपछि फेरि सिमरामाथिकै आकाशमा पुगेर फन्को लगाएपछि जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

सामान्यतया विमानस्थलमा चाप भएर ‘होल्ड’ गर्नुपर्दा जहाज सिमरामाथिको आकाशमा घुम्ने गर्छन् । कतार एयरवेजले भने विमानस्थलमाथिकै आकाशमा तीनपटक फन्का लगाएको थियो ।

मौसमको खराबीका कारण आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेर उडान र अवतरण अवरुद्ध भएको थियो । मौसम खुलेपछि एकैपटक जहाज आइपुग्दा चाप बढेको विमानस्थल कार्यालयले जनाएको छ । अरु जहाज पनि आकाशमा फन्को लगाउँदै अवतरण गरिरहेका छन् ।
 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया