बुधबारदेखि फेरि पानी पर्ने सम्भावना

 माघ १५, २०७५ मंगलबार ८:४४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पश्चिमी वायुको प्रभावका कारण बुधबारदेखि मौसममा थप बदली हुने र पानी पर्ने सम्भावना देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली हुने र पश्चिमी भेगमा यसको प्रभाव बढी हुने महाशाखाका मौसमविद राजु प्रधानाङ्गले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘ठूलो पानी पर्ने सम्भावना छैन, तर यो प्रणालीले बुधबार राति उच्च पहाडी भूभागमा हिमपात र पहाडी भूभागमा सामान्य वर्षा गराउँछ ।’ 

केही दिनदेखि पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भइरहेको छ । गएको साता सोमबार भित्रिएको पश्चिमी वायुको प्रणालीले देशका अधिकांश ठाउँमा वर्षा र हिमपात भएको थियो । त्यसपछि फेरि लगत्तै भित्रिएको अर्को प्रणालीले शुक्रबार र शनिबार सामान्य वर्षा र देशका उच्च पहाडी भूभागमा हिमपात भयो । 

काठमाण्डौ उपत्यकाको मंगलबार बिहानको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबार पनि देशको पश्चिम पहाडी भेगमा हल्का हिमपात हुने सम्भावना रहेको र अरु ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 


 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया