स्याङ्जामा यस वर्ष ४७ करोडको सुन्तला बिक्री

 माघ १७, २०७५ बिहिबार १९:२३:५५ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जामा चालु आर्थिक वर्षमा झण्डै ४७ करोडको सुन्तला बिक्री हुने भएको छ । १ हजार २ सय ४० हेक्टर क्षेत्रफलमा १४ हजार ६ सय २९ मेट्रिक टन सुन्तला उत्पादन हुने र त्यसको बिक्रीबाट ४६ करोड ८१ लाख २९ हजार २४ रुपैयाँ जिल्ला भित्रिने अनुमान गरिएको छ ।
 
स्याङ्जामा उत्पादन भएको सुन्तलामध्ये २९ सय २५ मेट्रिक टन जिल्लाभित्रै खपत हुने र ११ हजार ७ सय ३ मेट्रिक टन सन्तला जिल्लाबाहिर पोखरा, बुटवल र काठमाण्डौ निर्यात हुने जिल्ला कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत सन्दीप सुवेदीले जानकारी दिनुभयो ।
 
गएको वर्ष स्याङ्जामा १ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा १३ हजार ६ सय २५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने सुन्तला बिक्रीबाट झण्डै छत्तीस करोड रुपैयाँ भित्रिएको थियो । जिल्लामा सुन्तलाबाट मात्रै वार्षिक रुपमा २५ लाखसम्म नगद आर्जन गर्ने कृषकसमेत रहेको ज्ञान केन्द्रले जनाएको छ ।
 
जिल्लाको पुतलीबजार, वालिङ, भीरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदिखोला, बिरुवा, हरिनास, अर्जुनचौपारी गाउ“पालिका सुन्तला उत्पादनको पकेट क्षेत्र हुन् । सुन्तलाले प्रख्यात वालिङ नगरपालिका ३ मा ‘सुन्तला बारी होमस्टे’ समेत सञ्चालनमा ल्याइएको छ ।

बढी सुन्तला उत्पादन हुने भएकाले स्याङ्जामा सुन्तला उत्पादक कृषकलाई प्रोत्साहन र प्राविधिक सहयोग गर्नका लागि २ वर्ष अघिदेखि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन इकाई अन्तर्गत सुन्तला सुपरजोनका जिल्ला घोषणा गरी काम गर्दै आएको छ । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया