आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
सिन्धुपाल्चोक – तामाङ समुदायको सांस्कृतिक पर्व ड्वा ल्हो सोनाम ल्होछारका लागि पाँचपोखरी थाङपाल गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासि लामाले संविधानले स्थानीय सरकारलाई दिएको अधिकारभित्र रहेर सोनाम ल्होछार मान्न यही माघ २२ र २३ गते सार्वजनिक बिदा दिइएको बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिकामा तामाङ समुदायको बाक्लो बसोबास रहेको छ । गाउँपालिकाले तामाङ समुदायको पर्व, धर्म, संस्कृति, संरक्षण र संवद्र्धनको सबैको रहेकाले १७ गतेको बैठकले यही माघ २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
दुई दिन गाउँपालिका भित्र रहेका सरकारी कार्यालयहरु, विद्यालयहरु, बैंक, वित्तीय संस्था लगाएतका सबै निकायलाई ३ दिनको बिदा दिईएको गाँउपालिकाले जानकारी दिएको छ ।