अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग रकम जुटाउन धुर्मुस सुन्तली मलेसिया उडे

 माघ २१, २०७५ सोमबार १३:११:२ | मनोज दाहाल
unn.prixa.net

काठमाण्डौ – धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरिसकेका छन् । यसका लागि सहयोग रकम पनि आउन थालिसकेको छ । यसैबीच रंगशाला निर्माणका निम्ति सहयोग रकम उठाउने उद्देश्यकासाथ धुर्मुस सुन्तली मलेसिया गएका छन् । 

उनीहरुको साथमा लोकदोहोरी गायक बद्री पंगेनी, गायिका मेलिना राई पनि सहभागी छिन् । सहयोग रकम संकलनका निम्ति मलेसियामा धुर्मुस सुन्तली साँझको आयोजना गरिएको छ । यो कार्यक्रम मलेसियाका विभिन्न शहरहरुमा आयोजना गर्ने तयारी रहेको धुर्मुस सुन्तली फाउण्डेसनका प्रमुखसमेत रहेका सिताराम कट्टेलले बताए ।

धुर्मुसले आफूहरुले रंगशालाको औपचारिक घोषणा गरेकै समयमा नेपाली क्रिकेट टिमले यूएईलाई हराउँदै ऐतिहासिक जित निकालेकाले अफ्नो हौसला अझ बढेको बताए । हामीले कसैलाई पनि दिनै पर्छ भनेका छैनौँ तर सबै नेपालीहरुले आफूले सकेको सहयोग गरेमा घोषित मितिभन्दा अगाडि नै नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण सम्पन्न गर्न सकिने कुञ्जना घिमिरे (सुन्तली) ले बताइन् । 

उनीहरु मलेसियाको कार्यक्रम सकेर एकसाता पछि नेपाल फर्किने बताइएको छ ।

– उज्यालो र गफगाफ डटकमको सहकार्य 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया