निकिता पौडेलसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

 माघ २१, २०७५ सोमबार १६:१३:५३ | मनोज दाहाल
unn.prixa.net

काठमाण्डौ – चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्पष्टीकरण माग गरेको छ । 

उनलाई चौमासिक समीक्षा बैठकका लागि पत्राचार गरिएको थियो । पत्राचार गर्दा पनि बोर्डमा उपस्थित नभएको र अनुपस्थितिबारे कुनै जानकारी पनि नगराएको भन्दै स्पष्टीकरण को माग गरेको हो । उनी बिदा बस्दाको समयमा पनि स्वीकृतिबिनै बस्ने गरेको बताइएको छ ।

मन्त्रालयले आर्थिक वर्ष २०७५–०७६ का लागि चौमासिक समीक्षा बैठक राखेको राखेको थियो । तर, बैठकमा बोर्ड अध्यक्ष पौडेल अनुपस्थित थिइन् । चलचित्र विकास बोर्डको प्रगति सुनाउने कुरामा बोर्ड अध्यक्ष अनुपस्थित भएपछि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका उच्च अधिकारीलाई यस विषयमा प्रश्न सोधेका थिए ।

मन्त्रालयले बोर्डको काम सन्तोषजनक नभएका कारण पनि स्पष्टीकरण माग गरेको बुझिएको छ । यता बोर्ड अध्यक्ष पौडेल भने हालसम्म मौन छिन् । उनले मन्त्रालयले माग गरेको स्पष्टीकरणबारे कुनै प्रतिक्रिया दिएकी छैनन् । 

पौडेलले हालैमात्र पत्रकार रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी थिइन् । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया