कपनबाट पेस्ताेलसहित एक जना पक्राउ
चैत १६, २०८० शुक्रबार
पाँचथर – पूर्व कृषि मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता हरिबोल गजुरेलले दुई नेताको भावनाले मात्र पार्टी अघि बढ्न नसक्ने बताउनुभयो ।
पछिल्लो समय पार्टीका दुई अध्यक्षबीच देखिएको मतभेदप्रति इङ्गित गर्दै उहाँले यसरी पार्टी अगाडि बढ्न नसक्ने बताउनुभयो । पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ भावनामा बढी बहकिएको भन्दै विचार र विधिबाट अघि बढ्नुपर्ने उहाँको तर्क रहेको छ ।
पाँचथरको फिदिममा प्रेस संगठनद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेलले दुई पार्टिको एकता पछि पार्टीलाई चारैतिर घेराबन्दीमा पारेर कम्युनिष्ट पार्टी र सरकारलाई नै असफल बनाउने चलखेल सुरु भइसकेको औल्याउनुभयो ।
एक अर्काे प्रसंगमा नेता गजुरेलले देशका दुई ठूला कम्युनिष्ट पार्टीको एकता हुनु चानचुने कुरा नभएको भन्दै संगठनको एकीकरण गर्न केही असहज परिस्थिति सिर्जना भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीभित्र पनि गुट–उपगुट हाबी छ, त्यसैले पनि संगठन एकीकरणमा केही जटिलता उत्पन्न भएको छ । संगठन एकीकरणको लागि हामी गम्भीर छलफल र बहसमा छौँ । अब चाँडै नै पार्टी एकीकरणको प्रक्रिया टुंगो लाग्छ ।’
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।