पोखराको फेवाफाँटमा जेठोबूढो धानमा गभारोको समस्या
कात्तिक २२, २०८१ बिहिबार
कैलाली - धनगढी प्रिमियर लिगमा रुपन्देही च्यालेञ्जर्सले लगातार दोस्रो हार ब्यहोरेको छ ।
आइतबार भएको खेलमा रुपन्देहीले काठमाण्डौ गोल्डेन्ससँग एक सय रनको लज्जास्पद हार ब्यहोर्यो । यो जितसँगै काठमाण्डौ प्रतियोगिताको क्वालिफायर्समा प्रवेश गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३३ रन बनायो । उसका लागि अंकित दवासले सर्वाधिक ४३ रन बनाए भने अनिल शाहले २३ रनको योगदान गरे ।
नौ रनमा पहिलो विकेट गुमाएको काठमाण्डौले ४८ रन बनाउँदा तीन विकेट खेर फाल्यो । काठमाण्डौका लागि महबुब आलमले ११ रन बनाए भने योगेन्द्रसिंह ऐरीले १३ रनको योगदान गरे । यस्तै रासिद खानले १४ रन स्कोरबोर्डमा थपे ।
यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १२ रन बनाए । बलिङमा रुपन्देहीका लागि विक्रम सोब, अनिल खरेल र पुनित मेहराले दुई-दुई विकेट लिए ।
जवाफमा रुपन्देही १५ ओभर एक बलमा मात्र ३३ रनमा अलआउट भयो । निकै खराब ब्याटिङ गरेको रुपन्देहीका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
५ रन बनाउँदा पहिलो विकेट गुमाएको रुपन्देहीले २१ रन बनाउँदा सात विकेट खेर फाल्यो । उसका ओपनर प्रदिप ऐरी चार रनमा आउट भए भने सन्दिप सुनार तीन रनमा पेभेलियन फर्किए । नेपालमा यसअघिका प्रतियोगितामा विस्फोटक ब्याटिङ गरेका बाबर हायात यो प्रतियोगितामा फर्ममा देखिएका छैनन् । उनले आजपनि मात्र तीन रन बनाए ।
यस्तै भिम सार्कीले खाता खोल्न सकेनन् । लगत्तै विनोद भण्डारी मात्र एक रनमा आउट भए भने पुनित मेहरा पनि तीन रनमा आउट भए । यस्तै विक्रम सोब पनि तीन रनमा आउट भए ।
त्यसपछि सुमित महर्जन पनि पाँच रनमा आउट भए । कप्तान बसन्त रेग्मीपनि मात्र दुई रनमा आउट हुँदा उसले ३१ रनमा नौ विकेट गुमायो । अन्तत रुपन्देही ३३ रनमा अलआउट भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।