सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–बुटवल सडककाे दाउन्ने खण्ड सञ्चालन

 वैशाख १०, २०८२ बुधबार ६:१९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–बुटवल सडक खण्ड बिहान ५ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएकाे छ ।

हिजो नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसेपछि गाडी र यात्रु रोकिएका थिए ।

प्रहरीका अनुसार सडक अवरुद्ध भएपछि पहिरो पन्छाएर हिजो केही समय एकतर्फी  सञ्चालन गरिएको थियो । अहिले त्यस क्षेत्रमा गाडीको आवागमन सामान्य रहेको प्रहरीले जनाएको छ ।

दाउन्ने क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । अहिले दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर काम गर्ने गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया