सुनको भाउ एकैदिन सात हजार पाँच सय रुपैयाँले घट्यो
बैशाख १०, २०८२ बुधबार
भारत जम्मू कश्मीरको पहलगममा आतङ्ककारीको आक्रमणबाट कम्तीमा २६ जनाको ज्यान गएको छ । हिजो दिउँसो भएको आक्रमणमा ज्यान गुमाउनेहरू सबैजसो पर्यटक रहेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानिय नागरिक र दुई जना विदेशीमध्ये एक नेपाली र एक यूएईका नागरिक रहेका प्रारम्भिक विवरण छ । पहलगमको बाइसरन उपत्यकामा बन्दुकधारी आतङ्ककारी समूहले आक्रमण गर्दा कम्तीमा ३० जनाभन्दा धेरै घाइते छन् ।
मिनी स्विट्जरल्यान्ड भनेर चिनिने पर्यटकीय क्षेत्र पहलगम श्रीनगरबाट झण्डै ९० किलोमिटर टाढा पर्छ । आक्रमणको जिम्मेवारी लश्कर–ए–तैयबा नामक पाकिस्तानको आतङ्कवादी समूहको छायाँ सङ्गठन ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको खबरमा उल्लेख छ ।
यो आक्रमण विगत केही वर्षयताकै ठूलो आक्रमण भएको सुरक्षा अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनापछि आफ्नो साउदी अरब भ्रमण छोट्याउने निर्णय गर्नुभएको छ । उहाँ स्वदेश फर्कने तयारीमा हुनुहुन्छ ।
प्रधानमन्त्री मोदीले घटनाको निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
उहाँले आतङ्कवादविरुद्ध सरकारको अडान अझ कडा हुने सन्देश दिनुभएको छ । घटनापछि गृहमन्त्री अमित शाह सुरक्षा स्थिति मूल्याङ्कन गर्न श्रीनगर पुग्नुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू–कश्मीरको पहलगाममा भएको आक्रमणप्रति दुःख व्यक्त गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।