सरकारले छिट्टै वृद्धभत्ता ५ हजार पुर्याउँछ: मन्त्री अर्याल

 फागुन ५, २०७५ आइतबार १८:५८:४२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङजा – भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारणमन्त्री पद्मा अर्यालले अब छिट्टै वृद्धभत्ता ५ हजार पुर्‍याइने बताउनुभएको छ । 

मन्त्री अर्यालले निर्वाचनका बेला घोषणापत्रमा लेखिएको कुराहरु पुरा गर्न सरकार लागिपरेको छ । उहाँले अबको ४ वर्षमा वृद्धभत्ता ५ हजार पुरयाउनुको साथै चुनावमा गरिएका सवै वाचाहरु पुरा गरिने समेत स्पष्ट पार्नु भयो । 

स्याङ्जाको चापाकोट नगरपालिका ७ मा रहेको साँखर साना कृषि सहकारी संस्थाको चौथो साधारण सभा तथा नवनिर्मित भवनको उद्दघाटन गर्दै मन्त्री अर्यालले अबका वर्ष कामका वर्ष हुने बताउनुभयो । 

गरिबि निवारणका लागि उत्पादन महत्वपूर्ण पक्ष रहेको भन्दै मन्त्री अर्यालले सहकारीमार्फत उत्पादनमा लाग्न सबैलाई आग्रहसमेत गर्नुभयो । 
विकास र समृद्धिका लागि सहकार्य र हातेमालो आवश्यक रहेको भन्दै उहाँले भन्नुभयो, ‘जुनसुकै पार्टीको भए पनि मेरो ढोका खुल्ला छ, आउनुहोस् छलफल गरेर विकासतर्फ लागौँ ।’ 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया