कञ्चनपुरको बेलौरी नगरपालिकाका सब-इन्जिनियर ६० हजार रुपैयाँ घुससहित अख्तियारकाे नियन्त्रणमा

 फागुन ५, २०७५ आइतबार २०:१:१७ | दुर्गा उपाध्याय

कञ्चनपुर - कञ्चनपुरको बेलौरी नगरपालिकाका सब-इन्जिनियर हृदयराज बजगाईँ ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

बेलौरीको स्लेभ कल्भर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम रनिङ बिल फरफारक गराउने प्रयोजनको लागि सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिएपछि अख्तियारले रंगेहात पक्राउ गरेको हो ।

पक्राउ परेका बजगाईँमाथि थप अनुसन्धान भइरहेको अख्तियारका सुचना अधिकारी मदन कोइरालाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया