झगडा बिर्सिएर ‘द कपिल शर्मा शो’ मा आउँदैछन् सुनिल ग्रोवर, तर यसरी

 फागुन ९, २०७५ बिहिबार १२:३४:३० | एजेन्सी
unn.prixa.net

भारतीय चर्चित कमेडियन कपिल शर्मा र सुनिल ग्रोभरबीच भएको झगडा केही समयअघि भारतय मिडियामा हेडलाइन बनेको थियो । 

केही समयअघि मात्रै विवाह गरेका कपिल शर्माले सुनल ग्रोवरसँग माफी माग्दै विवाहको निमन्त्रणा पनि पठाएका थिए । तर सुनल ग्रोवर कपिलको विवाहमा गएनन् । 

लामो समयसम्म बन्द रहेको कपिल शर्माको चर्चित शो फेरि सुरु भएसँगै ‘डाक्टर गुलाटी’को रुपमा चर्चित सुनिल ग्रोवर फर्कन सक्ने खबरहरु पनि आएका थिए । र अहिले सुनिल ग्रोवर साच्चै नै ‘द कपिल शर्मा शो’ मा जाने खबर सार्वजनिक भएको छ । 
 

अब छिट्टै नै दर्शकले ‘द कपिल शर्मा शो’ मा सुनिल ग्रोवरलाई हेर्न पाउनेछन् । तर कहानीमा थोरै ट्विस्ट छ, सुनिल कपिल शर्माको शोमा गुत्थी वा डाक्टर मशहुर गुलाटीको रुपमा आउने छैनन् । यस पटक सुनिल ‘कपिल शर्मा शो’ मा कलाकारका रुपमा नभई पाहुना भएर आउनेछन् । 

सुनिल ग्रोवर उनको अब आउने फिल्म ‘भारत’ को प्रमोशन गर्न  शोमा जानेछन् । फिल्म ‘भारत’ को प्रमोशन गर्नका लागि सलमान खान र कट्रिना केफका साथ सुनिल ग्रोवर पनि साथमा आउनेछन् । सुनील ग्रोवर पाहुनाका रुपमा शोमा आउँदा कपिल शर्माले कस्तो प्रतिक्रिया दिनेछन्, त्यो हेर्न दर्शकका लागि निकै रोचक हुनेछ । 

सुनिल ग्रोवर र कपिल शर्माबीच विदेश भ्रमणका क्रममा हवाइजहाजभित्रै झगडा भएको थियो । त्यस झगडापछि सुनिलले कपिल शर्माको शो छोडेका थिए । त्यसपछि एकअर्काको साथमा नदेखिएका कपिल र सुनिल लामो समयपछि ‘द कपिल शर्मा शो’ मा देखिनेछन् । 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया