पोखराको फेवाफाँटमा जेठोबूढो धानमा गभारोको समस्या
कात्तिक २२, २०८१ बिहिबार
आउँदाे आइतबारदेखि सुरु हुने अष्ट्रेलियाविरुद्धको एक दिवसीय सिरिजका लागि भारतले टिम घोषणा गरेको छ ।
हार्दिक पाण्ड्या टिममा परेका छैनन् जसले गर्दा भारतीय टिमलाई सुरुमै झड्का लागेको अनुमान गरिएको छ । पाण्ड्या घाइते भएकाले उनी अस्ट्रेलियाविरुद्धको सिरिजमा नखेल्ने बीसीसीआईले जनाएको छ ।
उनको ठाउँमा रविन्द्र जडेजाले खेल्ने भएका छन् । एक दिवसीय क्रिकेटका लागि जडेजाले पाण्ड्याको ठाउँ लिने जनाइए पनि टी–२० को विकल्प भने खुला राखिएको छ ।
यसअघि पाण्ड्या गएकाे सेप्टेम्बरमा कम्मरमा चोट लागेपछि खेल्दा खेल्दैको एसिया कप त्यागेका थिए । पाकिस्तानविरुद्ध १८ औं ओभरमा बलिङगर्दा उनलाई कम्मरमा चोटको महसुस गरेपछि स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो ।
यस्ताे छ भारतीय टिमः
कप्तान - विराट कोहली, उपकप्तान - रोहित शर्मा, शिखर धवन, अम्बाति रायडू, केदार जाधव, विकेटकिपर - महेन्द्रसिंह धोनी, रविन्द्र जडेजा, जसप्रीत बुमराह, मोहम्मद शामी, युजबेन्द्र चाहल, कुलदीप यादव, विजय शंकर, ऋषभ पन्त, सिद्धार्थ कौल र केएल राहुल
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।