पोखराको फेवाफाँटमा जेठोबूढो धानमा गभारोको समस्या
कात्तिक २२, २०८१ बिहिबार
काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिन नेपाल आइपुगेका छन् ।
एन्फासँगको सम्झौताभन्दा २ महिना पहिले नै नेपाल आइपुगेका उनले विमानस्थलमा नेपाली फुटबल टिम राम्रो लयमा अगाडि बढेको र आफूसँग भएको अनुभवलाइ खेलाडीसँग साट्ने र एउटा उत्कृष्ट टिम तयार पार्ने बताए ।
एन्फाले गएकाे माघ ३ गते राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । दुई वर्षको सम्झौता अनुसार नेपाल आएका उनले नेपाली फुटबलका बारेमा केही जानकारी रहेकाले र आफूले पहिले अनुभव गरेको फुटबल र अहिलेको फुटबलमा केही परिवर्तन भएको बताए ।
एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी अघिल्लो महिना दिएको थियो । सम्झौताअनुसार उनले २०१९ मार्च १ बाट २०२१ फेब्रुअरी २८ सम्म नेपाली टोलीको नेतृत्व गर्नेछन् ।
योहानले नेपाली खेलाडीसँग घुलमिल गर्नुका साथै उनीहरू मानसिकता बुझ्नेछन् । यसका साथै २३ वर्षमुनिको राष्ट्रिय टिमको प्रशिक्षणमा पनि सहयोग गर्नेछन् । त्यसपछि उनी राष्ट्रिय टिमको विश्वकप छनोटमा क्याम्पमा बस्नेछन् ।
यस अघिका जापानी प्रशिक्षक ग्यातुको कोजी प्रवेशाज्ञाका कारण नेपाल आउन नपाउने भएपछि एन्फाले नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाएको थियो ।
पर्यटक भिसामा नेपालमा काम गरेका कोजीको श्रम स्वीकृति प्रक्रिया एन्फाले अघि नबढाउँदा उनले पर्यटक भिसामा नै नेपालमा काम गर्दै आएका थिए । गत भदौदेखि उनी नेपाल आउन पाएका थिएनन् । उनको सम्झौता भने गएको डिसेम्बरसम्मका लागि थियो ।
योहानले २०७० सालमा ‘ए’ डिभिजन क्लब मछिन्द्रको मुख्य प्रशिक्षकको रूपमा काम गरेका थिए । योहानको नेतृत्वमा मछिन्द्रले उक्त वर्षको ‘ए’ डिभिजन लिग दोस्रो स्थानमा रहेर समाप्त गरेको थियो । योहानले स्विडेनको तेस्रो डिभिजन क्लबबाट व्यावसायिक प्रशिक्षण ्सुरु गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पदम महत
Feb. 21, 2019, 8:18 p.m.नयाँ प्रशिक्षक कुन देशका नागरिक हुन् ?