आईपीएल क्रिकेटमा आज कोलकोता र पञ्जाव खेल्दै
बैशाख १४, २०८१ शुक्रबार
सप्तरी - सप्तरीको कंचनरुप नगरपालिका वडा न. ५ पथ्रीकी एक युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बोल्न नसक्ने अवस्थाकी स्थानीय अन्दाजी २० वर्षीया आशा कुमारी सरदारलाई त्यसै ठाउँका २५ वर्षीय भिम मुखिया र ३५ वर्षिय भरत मुखियासमेतले ललाइ फकाइ कोशी टप्पु वन्यजन्तु आरक्षको जंगलमा लगेर जबर्जस्ती करणी गरेकोले दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई थप आवश्यक अनुसन्धान कार्य भैरहेको पनि प्रहरीले जनाएको छ ।