कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
बाँके – गायक यम बरालले १५ वर्षपछि नेपालगञ्जको कार्यक्रममा आफ्नो प्रस्तुति दिएका छन् ।
१५ वर्षपछि नेपालगञ्जमा आफ्नो प्रस्तुति दिएका गायक बरालले दर्शकको मन जित्ने गरी आफ्ना पुराना गीत सुनाए । नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकाँदोमा भइरहेको प्रादेशिक महोत्सवमा शुक्रबार दर्शकहरुले फरक गीतबाट मनोरन्जन लिए ।
२०६० सालपछि बराल प्रादेशिक महोत्सवमा सहभागी हुन नेपालगन्ज आएका थिए । सुगम संगीतमा निकै चर्चित गायक बरालले ‘निष्ठुरीले छाडेर गइहाली’, ‘हेर हेर पूर्वबाट’, ‘इलाम बजार ढाकिँदा’ जस्ता गीतहरु गाएका थिए ।
शुक्रबार दर्शकले घचाघच भरिएको महोत्सवस्थल दोहोरी गायक पशुपति शर्माका कारण पनि विशेष रह्यो । उनका गीत सुन्दै दर्शकहरु नाँचे । नारी दिवससमेत परेका कारण उनले मनोरन्जनका लागि मात्र नभई अधिकारसँग जोडिएका गीत पनि गाए ।
महाेत्सवमा कला लम्साल, म्याक्सिम खातीले सांगीतिक प्रस्तुति दिएका थिए ।