अभिनेत्री निरुता सिंहलाई डेंगु, मुम्बईमा उपचार गराउँदै

 फागुन २६, २०७५ आइतबार १५:२२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लामाे समयपछि नेपाली चलचित्रमा फर्किएकी अभिनेत्री निरुता सिंहलाई डेंगु रोग देखा परेको छ ।

चलचित्र ‘क्याप्टेन’को प्रचार-प्रसारका लागि केह‍ी समय अगाडि उनी नेपालगञ्ज गएकी थिइन् । त्यही समयमा उनलाई डेंगु भएको हुनसक्ने बताइएको छ ।

लामो समय रुघा खोकी लागिरहने र औषधीले पनि काम नगरेपछि उनी मुम्बई फर्किएकी थिइन् । मुम्बई गएर स्वास्थ्य जाँच गराउँदा डाक्टरले डेंगु भएकाे  बताएका थिए ।

फाल्गुन १७ गतेबाट प्रदर्शनमा आएको चलचित्र क्याप्टेनको एउटा गीतमा उनकाे अभिनय रहेकाे छ । चलचित्र छायांकनको समयमा पनि आफूलाई सञ्चाे नभएकाे र निकै जाडो हुने गरेको उनले बताउने गरेकी थिइन् । अहिले उनी मुम्बईमा उपचार गराइरहेकी छिन् ।

महसञ्चारले निर्माण गरेको चलचित्र 'दालभात तरकारी'मा पनि अभिनेत्री सिंहकाे मुख्य अभिनय रहेको छ । उनी चलचित्रमा वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यको जोडीका रुपमा प्रस्तुत भएको बताइएकाे छ । याे चलचित्र वैशाख १३ गतेबाट रिलिज हुँदैछ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया