साफ महिला च्याम्पियनसिप: पहिलाे हाफमा नेपाल बंगलादेशविरुद्ध तीन-शून्यले अगाडि

 चैत २, २०७५ शनिबार १६:१४:१६ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपमा नेपाल र ब‌गलादेशबीचको पहिलाे हाफ सकिँदा नेपालले ३-० काे अग्रता बनाएकाे छ ।

खेलको पहिलो ६ मिनेटमा बङ्गलादेशले आत्मघाती गोल गरेपछि नेपालकाे अग्रता सुरु भएकाे हाे ।  मनमायाँ लिम्बुले प्रहार गरेको बलमा बङ्गलादेशी खेलाडी मसुरा प्रबिनको हेडमा आत्माघाती गोलले नेपाललाई १ शून्यकाे अग्रता दिलायाे ।

खेलको २३औं मिनेटमा नेपालको तर्फबाट अर्को गोल भयाे । हिराकुमारी भुजेलको पासमा साबित्रा भण्डारीले हानेको बल नै नेपालको लागि दोश्रो गोलमा परिणत भयाे ।

त्यस्तै मन्जली कुमारी योन्जनले साबित्राको पासमा २८औं मिनेटमा गरेकाे गोलले नेपाललाई पहिलाे हाफमा बंगलादेशविरुद्ध तीन-शून्यकाे अग्रता दिलाएकाे हाे । 

अन्तिम अपडेट: फागुन २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया