कपडा पसलमा आगलागी हुँदा ५० लाख बराबरकाे क्षति

 चैत १२, २०७५ मंगलबार १६:१३:६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको बेसीशहर नगरपालिका–८, भिमसेनस्थानमा रहेका दुई पसलमा आगलागी हुँदा लाखाैंकाे धनमाल क्षति भएकाे छ।

साेमबार राति विद्युत शर्ट भएर पसलमा आगलागी भएको स्थानीयले बताएका छन् । 

आगलागीबाट उत्तरबहादुर परियारको कपडा पसल र रुपेश थापाको कम्युटर मर्मत केन्द्रमा रहेका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय मिलेर दमकलको सहायताले आगो निभाएका थिए । 

आगलागीबाट दुवै पसलमा गरी ५० लाखभन्दा बढिको क्षति भएको अनुमान गरिएको जिप्रका लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक यादव ढकालले बताउनुभयो ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया