महेश पाैड्यालका चार कविता

 चैत १६, २०७५ शनिबार ७:११:२३ | महेश पाैड्याल
unn.prixa.net

समुद्र र हामी

मध्यरातमा एक दिन समुद्र
हाम्रो गाउँमा पाहुना लाग्न आएपछि
ऊ गाउँ बन्यो
हामी समुद्र बन्यौं 
र बग्यौँ अनन्तरित ।
हामी कहिल्यै घर फर्केनौँ, त्यसपछि ।

.....................................................

मान्छे र समुद्र

एक पल्लामा हाँसो
र अर्को पल्लामा आँसु राखेर
चित्रगुप्त हेरिरहेछ तराजु ।
यस बेला,
विज्ञान बिर्सेर ऊ सम्झिरहेछ एउटा सम्भावना — 
कि श्रृष्टिमा पहिले मान्छे आयो
अनि मात्रै समुद्रहरू ।

..........................................................

पहाड, नदी र म

त्यो पहाड
नडगेरै अजर–अमर भयो,
यो नदी 
नजमेर नै अजर–अमर भयो ।
म भने, न जम्दा पहाड बनें,
न बग्दा नदी ।

.............................................................

रुख र हामी

पहाडजस्तै पुरानो त्यो रुख
र हामी
सगैँ लडेका हौँ, जमिनमा ।
हामी अतीतको गर्तमा एक अकथा बनेर हरायौँ
रुखले फेरि पालुवा फेर्‍यो
र बोलायो फेरि अर्कोे एउटा वसन्त ।

.......................................................

- लामाे समयदेखि अंग्रेजी साहित्य प्राध्यापन गरिरहेका कवि, कथाकार, उपन्यासकार तथा समालाेचक महेश पाैड्यालकाे आइतरबार विमाेचित हुँदै गरेकाे कविता सङ्ग्रह ‘शून्य प्रहरको साक्षी’ बाट

अन्तिम अपडेट: कात्तिक ४, २०७६

महेश पाैड्याल

पाैड्याल त्रिभुवन विश्वविद्यालय, अंग्रेजी केन्द्रीय विभागका उपप्राध्यापक हुनुहुन्छ । उहाँ कवि, कथाकार, उपन्यासकार तथा समालाेचकका रुपमा चिनिनुहुन्छ ।

तपाईको प्रतिक्रिया