अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डाै - काठमाण्डाैको बबरमहलमा रहेकाे नेपाल कला परिषदमा शनिबारदेखि मिथिला चित्रकला प्रर्दशनी सुरु भएको छ ।
रञ्जु यादवको एकल चित्रकला प्रदर्शनीमा मिथिला संस्कृतिको परम्परागत तथा सांस्कृतिक महत्व झल्किने चित्रकलाहरु राखिएको छ । मिथिला संस्कृतिको अलावा समाजमा विद्यमान विकृति, विसंगति, महिला शोषण, छुवाछुत विरुद्धका संन्देशहरु झल्किने चित्रकला प्रर्दशनीलाई कलर्स अफ चेन्ज नाम दिइएको छ ।
तराई क्षेत्रमा व्याप्त दाइजो प्रथा, भ्रूणहत्या, बालिका विवाहलगायत विकृतिहरु विरुद्धको जनचेतना फैलाउने सन्देश चित्रहरुमा देखिन्छ ।
प्रर्दशनी आगामी २० गते सम्म चल्ने जनाइएकाे छ ।