रणबिर कपूरले स्टेजमा बोल्दै गर्दा आलियाको आँखाबाट झर्‍यो आँसु

 चैत १९, २०७५ मंगलबार १३:२०:१६ | एजेन्सी
unn.prixa.net

बलिउडमा यतिबेलाका चर्चित जोडी हो आलिया भट्ट र रणबिर कपूरको जोडी । पछिल्लो समयमा बलिउडमा सम्पन्न अवार्ड शोहरुमा आलिया र रणबिर एकअर्काको हात थाम्दै सहभागी भएर सबैको ध्यान आफूतर्फ आकर्षित गर्न सफल भएका थिए ।

केही दिनअघि आलिया र रणबिरले फिल्मफेयर अवार्ड शोमा उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड जितेका थिए भने । त्यसअघि आयोजित जी सिनेमा अवार्डमा पनि आलिया रणबिर पुरस्कृत भइसकेका छन् । 

केही दिनअघि सम्पन्न जी सिने अवार्ड २०१९ कार्यक्रम टेलिभिजनमार्फत हालै प्रसारण भएको थियो । त्यस कार्यक्रममा अभिनेता रणबिर कपूरले फिल्म ‘सञ्जु’ बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए भने अभिनेत्री आलिया भट्टले फिल्म ‘राजी’ बाट उत्कृष्ट अभिनेत्री (भ्यूअर्स च्वाइस) अवार्ड जितेकी थिइन् । 

रणबिर कपूरले उत्कृष्ट अभिनेताको अवार्ड जितेको घोषणा उनकी प्रेमिका आलिया भट्टले गरेकी थिइन् भने अवार्ड पनि आलिया स्वयमले रणबिरलाई दिएकी थिइन् । तसर्थ त्यो समय रणबिरका लागि विशेष बनेको थियो । अवार्ड जितेसँगै रणबिर स्टेजमा मन्तव्य दिन थाल्छन । त्यसै क्रममा रणबिर कपूरले बोल्दै गर्दा आलिया भट्टको आँखाबाट आँसु झरेको भिडियो सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।  
 

यस भिडियोमा रणबिर कपूर फिल्म ‘सञ्जु’ का सम्पूर्ण कलाकार र फिल्मको टिमलगायत सम्पूर्णलाई धन्यवाद दिन्छन् । त्यसपछि उनले त्यस अवार्ड बुवा ऋषि कपूरलाई समर्पित गरेको बताएका छन् ।

साथै यतिबेला बुवा ऋषि कपूरको स्वास्थ्य स्थिति खराब रहेको कुरा बताउँछन् । यसै क्रममा रणबिर नजिकै रहेकी आलिया भट्ट आँखाबाट आँसु पुछ्न थाल्छिन् । यही भिडियो अहिले सामाजिक सञ्जालमा छाइरहेको छ ।   

आलिया भट्ट र रणबिर कपूर छिट्टै नै निर्देशक अयान मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’ मार्फत दर्शकमाझ आउँदैछन् । यस फिल्ममार्फत पहिलो पल्ट स्क्रिन सेयर गरिरहेका आलिया र रणबिर यही फिल्मको छायाँकंनको क्रममा एकअर्का सँग नजिकिएका थिए । फिल्म‘ब्रम्हास्त्र’ मा आलिया  र रणबिर बाहेक अभिनेता अमिताभ बच्चनको पनि महत्वपूर्ण भूमिका रहनेछ । 
 

 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया