कारागारमा सँगै बस्दा पाँचहजार रकममा विवाद, बाहिर निस्किएर हत्या

 चैत २०, २०७५ बुधबार १३:८:४४ | उज्यालो सहकर्मी

रुपन्देही – बुटवलमा हत्या गरिएका लमजुङ मोतीपसलका ३० वर्षीय हरिबहादुर पाण्डेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले कास्कीका ६८ वर्षीय बलबहादुर सुनारलाई पक्राउ गरेको छ । 

पाण्डेको शव चैत १ गते साँझ बुटवल–११ बुद्धनगर, मजुवा र बिनापानेबीचको तिनाउ नदीको बगरमा भेटिएको थियो ।

मृतक पाण्डे र हत्यामा संलग्न रहेका सुनारको बन्दीगृहमा रहँदा चिनजान भएको प्रहरीले बताएको छ । उनीहरुले बन्दीगृहमा लामो समयसँगै बिताएका थिए । बन्दीगृहमा रहेकै बेला पाँच हजार रुपैयाँको विषयमा उनीहरुबीच भएको विवाद नै बन्दीगृहबाट बाहिर निस्किएपछिको हत्याको कारण बनेको रुपन्देही प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सुनारले कारागारबाट निस्किएपछि हरिबहादुरलाई मार्ने योजना बनाएका थिए । योजना अनुसार नै सुनारले पाण्डेलाई यार्सागुम्बाको व्यापार गर्ने भन्दै चार लाख रकमसहित बुटवल बोलाएका थिए । उनले कारोबार गर्न एकान्त चाहिने भन्दै एकान्त ठाउँमा लगेर ढुङगाले हानेर हत्या गरेको रकम लुटपाट  गरेको प्रहरी समक्ष स्वीकारेका छन् । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया