'रातो टीका निधारमा' बाट कमब्याक गर्दै अभिनेत्री खड्का

 चैत २०, २०७५ बुधबार १५:५९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

लामो समयदेखि चलचित्र क्षेत्रबाट टाढा रहेकी अभिनेत्री खुश्बु खड्का चलचित्र 'रातो टीका निधारमा' का लागि अनुबन्धित भएकी छन् । हातमा चलचित्र नपर्दा चलचित्र क्षेत्रबाट टाढा रहेकी उनले यो चलचित्रबाट पुनरागमन गर्ने भएकी छिन् । 
 
अभिनेत्री  खड्काले उक्त चलचित्रमा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको बताइन् । केही दिन अघिमात्र चलचित्रका निर्देशक अशोक शर्माले १६ लाख रुपैयाँमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अनुबन्धित गरेका थिए । शर्माले त्यसअघि यस अघि अभिनेत्री नीता ढुङ्गानालाई फाइनल गरेका थिए । 

वैशाखबाट छायांकन सुरु गर्ने तयारीमा रहेको चलचित्रको निर्देशन तथा निर्माण  अशोक शर्माले नै गर्न लागेका हुन् । उनले चलचित्र २०७६ सालको दशैंमा प्रदर्शन गर्ने बताए । चलचित्रका लागि यसअघि रवीन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरीलगायतका कलाकारहरु फाइनल भइसकेका छन् । 

अभिनेतृ नीता ढुङ्गाना रवीन्द्र झाको जोडीका रुपमा प्रस्तुत हुन लागेको बताइएको छ । यस्तै अभिनेतृ साम्राज्ञी राज्यलक्ष्मी शाह अशोक शर्माका छोरा अंकित शर्माको अपोजिटमा देखिने भएकी छिन् ।  
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया