सातौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत २१ देखि

 चैत २०, २०७५ बुधबार १८:५३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सवको सातौं संस्करण यही चैत २१  देखि २४ गतेसम्म काठमाण्डौमा हुने भएको छ । 

सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय दिने उद्देश्यले आयोजना हुँदै आइरहेको महोत्सव रसियन सेन्टर अफ साइन्स काठमाण्डौमा हुने आयोजक मानव अधिकार चलचित्र केन्द्रले जनाएको हो । 

महोत्सवको सुरुको दिन अर्थात चैत २१ गते जीम क्र्याप्ट एण्ड बेस्टियन फिस्चेरले निर्देशन गरेको जर्मनीको ‘द मार्च अफ होप स्काई’ बाट गरिनेछ । 
मानव अधिकारका विषयमा निर्माण भएका ८१ भन्दा बढी वृत्तचित्र, छोटा चलचित्र, एनिमेसन लगायतका चलचित्र प्रदर्शन गरिने महोत्सवका लागि नेपालबाट दुई दर्जन भन्दा बढी चलचित्र छनोट भएका छन् ।

महोत्सवमा पछिल्लो समय विश्वमा आन्तरिक राजनैतिक विवाद, हिंसात्मक विद्रोह, जातीय दङ्गा र आतङ्कवादी क्रियाकलापका कारण विस्थापित भएकाको कथामा आधारित चलचित्रलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ । 

महोत्सवमा चलचित्र प्रर्दशनसँगै अन्तरक्रिया पनि गरिनेछ । यसका साथै मानव अधिकारका विषयमा बनेका उत्कृष्ट चलचित्रहरुलाई विभिन्न विधामा पुरस्कृत पनि गरिने आयोजकले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया