दक्षिण एसियाकै पहिलो ग्रामीण रेडियो मदनपोखराले मनायाे २१औं वार्षिकाेत्सव

 चैत २३, २०७५ शनिबार १८:२२:७ | देव पचभैया
unn.prixa.net

पाल्पा - सामुदायिक रेडियो मदनपोखरा पाल्पाले शनिबार विभिन्न कार्यक्रम गरी आफ्नाे स्थापनाकाे एक्काइसौँ जन्मोत्सव मनाएको छ ।

दक्षिण एसियाकै पहिलो ग्रामीण रेडियो मदनपोखराले समुदायवाद र सामुदायिक रेडियो विषयक परिसंवाद, दिउँसो सभा, पुरस्कार वितरण, बोली पत्रिकाको विमोचन, सारेम भित्तेपात्रो लोकार्पण लगायतका कार्यक्रम गरी जन्मोत्सव मनाएको हो ।

२०५५ साल पुष १८ गते सञ्चार मन्त्रालयबाट पहिलो पटक इजाजत प्राप्त गरेको यस रेडियोले २०५६ साल चैत्र २३ गतेबाट प्रसारण आरम्भ सुरु गरेको थियाे । सामुदायिक बहुसञ्चार केन्द्र मदनपोखरा, पाल्पाको नाममा इजाजत लिएको यो रेडियो अहिले दैनिक १७ घण्टा प्रसारणमा रहेको छ ।

रेडियोले स्थानीय समुदायका अग्रसरता र मौलिक अभियानहरुलाई प्राथमिकता दिँदै आएको स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ७, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया