च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई बुधबार बिदाइ गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र टीका लगाएर बिदाइ गर्नुभयो । टोलीमा नापी विभागका प्राविधिक कर्मचारी खिमलाल गौतम, रवीन कार्की, सुरजसिंह भण्डारी र युवराज धिताल हुनुहुन्छ । पथपदर्शक छिरिङजाङ्बु शेर्पा, पेमा ङिमा शेर्पा, आङ्पासाङ शेर्पा, आङ्बु शेर्पा र केशव पौडेल पनि साथमा हुनुहुनेछ ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको मापन पहिलो पटक नेपालीले गर्न लागेको बताउँदै यस पटक परिणाम नै आधिकारिक हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले आरोहीलाई सम्पूर्ण नेपालीका तर्फबाट शुभकामना दिँदै पथप्रदर्शकको निर्देशनानुसार सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्रीले आरोहण चुनौतीपूर्ण रहेकाले मौसम र स्वास्थ्यको अनुकूलतामा सावधानी अपनाएर अगाडि बढ्न आरोहण टोलीलाई सुझाव दिनुभयो ।
प्रधानमन्त्री ओलीले टोलीलाई लक्ष्य हासिल गर्नका लागि शुभकामना दिनुभएको छ । तर मौसम र स्वास्थ्यलाई भने ख्याल गर्न प्रधानमन्त्रीले सुझाउनु भएको छ ।
'लक्ष्यमा अडिग रहनुहोस् तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकूल भयो भने जिद्धी नगर्नुहोस । सगरमाथा त्यहीँ हुन्छ । अर्को पटक गएर नापेर आए हुन्छ' प्रधानमन्त्री ओलीले भन्नुभयो, 'गाइडको निर्देशन पालना गर्नुहोला ।'
प्रधानमन्त्री ओलीले भन्नुभयो, 'नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुँदैछ । तपाईंहरुले सेन्टिमिटरसहितको उचाइ नापेर ल्याउनु होला', प्रधानमन्त्री ओलीले भन्नुभयो, 'तपाईंहरुले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ ।'
नेपालीबाट पहिलो पटक मापन हुँदै
नेपालले पहिलो पटक सगरमाथाको मापन गर्न लागेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, नापी विभागले यसका लागि जनशक्ति व्यवस्थापन गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पनले सगरमाथाको उचाइ घटबढ भएको विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेपछि विभागले भारत, चीन, जापान, संयुक्त राज्य अमेरिकालगायत नौ देशका विशेषज्ञसँग छलफल गरी मापनका लागि आवश्यक सुझाव लिएको थियो ।
यसअघि छिमेकी भारत, चीनलगायत देशले पाँच पटक सगरमाथाको मापन गरेका थिए । पछिल्लो पटक सन् १९५४ मा भारत सरकारले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर पत्ता लगाएकामा त्यसलाई नै अहिलेसम्म कायम गरिएको छ । भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले सगरमाथा पहिलो पटक नेपालीले नै मापन गर्ने अवसर गौरवको विषय भएको बताउँदै यो ऐतिहासिक कार्यलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।
मापनका क्रममा अत्याधुनिक प्रविधि ‘स्नो राडार इक्विपमेन्ट’ प्रयोग गरी स्वदेशी स्रोत र साधनको समेत उपयोग गरिने छ । विभागका प्रमुख नापी अधिकृतसमेत रहनुभएका गौतमले केही वर्ष अगाडि निजामती सेवाका केही कर्मचारीले सगरमाथाको आरोहण गर्ने क्रममा सहभागी भई सफलता प्राप्त गर्नुभएको थियो । गौतम र कार्की सगरमाथाको टुप्पोसम्म पुग्ने तथा भण्डारी र धिताल आधार शिशिरको आसपासमा रही आवश्यक समन्वय गर्ने तालिका तय भएको छ । टोलीले झण्डै एक महिनामा काम सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
नेपाल–भारतको सीमा भएको सिरहास्थित मदार भन्ने स्थानबाट झण्डै एक वर्ष अगाडि मापनका लागि प्रारम्भिक सर्वेक्षण तथा अन्य आवश्यक काम गरिएको थियो ।
मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सगरमाथाको उचाइ मापनका लागि झण्डै २२ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै प्रारम्भिक चरणका सबै गृहकार्य पूरा गरिएको बताउनुभयो ।
चीनले सन् २००५ मा गरेको मापनमा सगरमाथाको चट्टान सतहको उचाइ आठ हजार ८४४ मिटर तथा अमेरिकाको नेशनल जियोग्राफीले झण्डै दुई दशक अगाडि गरेको अध्ययनले आठ हजार ८५० मिटर कायम गरेको विभागले जनाएको छ ।
त्यसै वर्ष इटालीले गरेको अध्ययनले सरमाथाको उचाइ आठ हजार ८४७ मिटर कायम गरेको थियो । यस पटकको मापनमा कायम गरिने उचाइ नै अब आधिकारिक हुने हुँदा यसलाई महत्वका साथ हेरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।