‘डन' सिरिज शाहरुख खानकाे लागि हो: फरहान अख्तर

 चैत २८, २०७५ बिहिबार १४:८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - फिल्म ‘डन ३’ मा शाहरुख खानको ठाउँमा अभिनेता रणवीर सिंह हुने खबर सार्वजनिक भएसँगै शाहरुख खानका फ्यानहरुको होश नै उडेको थियो । फिल्मका निर्माता तथा निर्देशकले लिएको निर्णयले फ्यानहरु हैरान भएका थिए । तर त्यो खबर एक अफवाह मात्रै रहेको बताइएको छ । 

'डन' सिरिजका निर्माता तथा निर्देशक फरहान अख्तर स्वयंले यसअघि सार्वजनिक भएको खबर अफवाह मात्रै रहेको बताएका छन् । फरहानले भने, ‘डन ३’  फिल्म बन्छ भने त्यो केवल शाहरुख खानलाई लिएर नै बन्छ । उनको स्थान अरु कसैले लिन सक्दैन ।’ 

फिल्म निर्माण टिमका अनुसार अभिनेता शाहरुख खान डन सिरिजका एम्बेसडर नै रहेकाले उनको स्थान अरु कुनै अभिनेताले लिन नसक्ने बताइएको छ । उक्त टिमले शाहरुख खानको आउँदाे फिल्म कुन हुनेछ भन्ने कुराबारे थाहा नभए पनि आफूहरुका लागि डन केवल शाहरुख खान नै रहेको बताएका छन्। 

यसअघि रणवीर सिंह ‘डन ३’ मा रहने अफवाह फैलिएसँगै रणवीरलाई जोया अख्तरले गर्दा नै साइन गरिन लागिएको बताइएको थियो । तर पछि जोया अख्तर स्वयंले उक्त खबरको खण्डन गर्दै त्यो खबरमा कुनै पनि सत्यता नरहेको बताएकी छिन् । 


 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया