२०७५ मा सफल रहेका नेपाली चलचित्रका ५ गीत

 बैशाख ३, २०७६ मंगलबार १४:२९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

२०७५ सालमा करिब ९० भन्दा धेरै चलचित्रहरु निर्माण भए । चलचित्रमा समवेश भएका गीत–संगीतका कारण चलचित्रको थप चर्चा भयो । चलचित्र सफल बनाउन चलचित्रमा समवेश गीत संगीतको पनि महत्वपूर्ण भूमिका रहन्छ । 

चलचित्रको प्रचार–प्रसारलाई पनि गीत–संगीतले राम्रो सहयोग गर्ने गरेको छ । 

पछिल्लो समय नेपाल चलचित्रमा लोक लयका गीत संगीतलाई नेपाली दर्शकले रुचाउने गरेका छन् । २०७५ सालमा धेरै चलचित्रका गीतले करोड भ्यू कटाउन सफल भएका छन् । 

यस्ता छन् २०७५ सालमा यूट्यूबमा सर्वाधिक रुचाइएका ५ चलचित्रकागीत संगीतको चर्चा गर्दै छौ । 

१. गोजीमा दाम छैन ‘चङ्गा चेट’

चलचित्र ‘चङ्गा चेट’ मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् । 

२०७५ सालको कात्तिक १६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘चङ्गा चेट’ को गीतलाई यूट्यूबमा ४ करोडभन्दा बढी पटक हेरिएको छ ।
यो गीत हरिहर तिमल्सिनाले लेखेका हुन् भने गीतमा राजनराज शिवाकोटीको संगीत तथा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ ।

२. पहिलो नम्बरमा ‘छक्का पन्जा ३’

चलचित्र ‘छक्का पन्जा ३’ मा समावेश पहिलो नम्बरमा बोलको गीतलाई पनि दर्शकले अत्याधिक रुचाएका छन् । गीतमा राजेन्द्र थापाकोे शब्द, दीपक शर्माको संगीत रहेको छ भने डेविड शंकर र विन्दु परियारको स्वर रहेको छ ।

२०७५ सालको असोज २४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा ३’ को गीत ३ करोड ६० लाखभन्दा धेरै पटक हेरिएको छ । 

३. फूल होइन ‘रोज’

२०७५ सालको भदौ २२ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘रोज’मा समावेश ‘फूल होइन’ बोलको गीतलाई पनि दर्शकले अत्यधिक रुचाएका छन् । चलचित्रले अपेक्षाकृत व्यापार गर्न नसके पनि चलचित्रको गीतले भने दर्शकको मन जित्न सफल भएको थियो ।

गीतमा राजेश कुमार श्रेष्ठकोे शब्द तथा एलिश कार्कीको संगीत रहेको छ । प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको यो गीतको भ्यू २ करोड ६० लाखभन्दा माथि छ । 

४. वनकी चरी ‘प्रसाद’

२०७५ सालको मंसीर २१ गतेबाट प्रदर्शनमा आएको चलचित्र हो ‘प्रसाद’ मा समावेश ‘वनकी चरी’ बोलको गीतलाई पनि दर्शकले रुचाएका थिए । 
गीतमा बी पाण्डेको शब्द तथा सुवास भुषालको संगीत रहेको छ भने रुपक डोटेल र अञ्जु पन्तले स्वर दिएका छन् । यो गीत १ करोड ८० हजारभन्दा धेरै हेरिएको छ । 

५. सीओडब्ल्यु काउ ‘कोहलपुर एक्सप्रेस’

२०७५ सालको वैशाख १४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ मा समावेश ‘सीओडब्ल्यु काउ’ बोलको गीतलाई पनि दर्शकले रुचाएका छन् । यो गीतको भ्यू १ करोड ७५ लाखभन्दा धेरै छ । यस गीतमा राजनराज शिवाकोटीको शब्द तथा संगीतरहेको छ भने राजनराज शिवाकोटी र मेलिना राईको स्वर छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया