१० वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा २ जना पक्राउ

 बैशाख ३, २०७६ मंगलबार १५:५६:३८ | उज्यालो सहकर्मी

सिरहा - धनगढी नगरपालिका-७ बस्ने १० वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुखिपुर नगरपालिका-८ वस्ने २६ वर्षीय जो जो भन्ने कृष्ण मण्डल र सुखिपुर नगरपालिका-४ बस्ने २५ वर्षीय संजय श्रेष्ठ रहेका छन् । पाहुना बस्न आएका बालकलाई मण्डल र श्रेष्ठले सुखिपुर नगरपालिका-८ स्थित बाबुराम खोलामा लगेर मुख थुनी जबरजस्ती अप्राकृतिक मैथुन तथा मुख मैथुन गरेको भन्ने सूचना प्राप्त भएपश्चात इलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Deben kishor anjan

    April 16, 2019, 4:55 p.m.

    बिदेशी नक्कलको ढाचा हो यस्तो हर्कतले पछि नेपाल ध्वस्त बनाउछ बेलैमा दचेत हुन जरुरी हुन्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया