दैनिक ९ घण्टा सडक बन्द गरेर राप्ती राजमार्ग दुई लेनकाे बनाइँदै

 बैशाख ७, २०७६ शनिबार १६:३३:३६ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान - राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–कपुरकोट खण्डमा शनिबारदेखि दैनिक ९ घण्टा सडक बन्द गरिएको छ ।

सडक चौडा पार्न लागिएकोले बाटो बन्द गर्न लागिएको प्रहरीले जनाएको छ । शनिबारदेखि २३ गतेसम्म दैनिक ९ घण्टा राजमार्ग बन्द गरेर काम गरिने बताइएकाे छ । 
प्रहरीका अनुसार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म र राति १ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गरेर काम गर्ने सहमति भएको हो । साँघुरो सडकका कारण राप्ती राजमार्गको तुलसीपुर कपुरकोट खण्डमा बर्सेनि दुर्घटना हुने गरेका छन् । यस वर्ष मात्रै २३ जना विद्यार्थीहरुको मृत्यु हुनेगरी सडक खण्डको राम्रीमा बस दुर्घटना भएको थियो ।

सडक निर्माण गर्ने स्थलमा सडक साँघुरो हुँदा मर्मत कार्य प्रभावकारी नभएको भन्दै सडक बन्द गरेर काम शुरु गर्न लागिएको हो । डिभिजन सडक कार्यालय दाङले ५६ लाख लागतमा चालुआर्थिक वर्षको असार भित्र सक्नकाम भैरहेकेो सडक डिभिजन कार्यालय दाङका ईञ्जिनियर लिलाबहादुर भण्डारीले बताउनुभयो ।

चैत २९ गतेदेखि काम शुरु भएको र असार २५ गतेभित्र सक्नेगरी सम्झौता भएको छ । ठेक्का पाएको कम्पनी उज्जवल निर्माण सेवाका दीपक न्यौपानेका अनुसार दैनिक १५ घण्टा काम हुनेछ ।

सडक दुई लेनको बनाउन ९८ करोड बजेट

राप्ती राजमार्ग अन्तरगत सडकलाई दुई लेनको बनाउने काम सुरु भएको छ । चोरखोला शीतलपाटी खण्डका लागि ४९ करोडको टेण्डर आह्वान भइसकेकोमा तुलसीपुरदेखि चोरखोलासम्मको सडकखण्डको स्तरोन्नतिका लागि फेरि ४९ करोड बजेट सुनिश्चित भएको कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो । 

‘राप्ती राजमार्गको तुल्सीपुर सल्यान चोरखोला खण्डको दुई लेन सडक निर्माण, स्तरोन्नति र कालोपत्रे गर्नको लागि नेपाल सरकार अर्थ मन्त्रालयबाट बहुवर्षीय ठेक्का लगाउने गरी ५० करोड बजेट सुनिश्चित भएको छ,’ उहाँले भननुभयोे ‘राप्ती राजमार्गको चोरखोला शितलपाटी खण्ड दुई लेन स्तरोन्नतिको लागि यस अघि नै ४९ करोडको टेण्डर भइसकेको छ। यस वर्ष राप्ती राजमार्गको दाङ सल्यान खण्डको लागि १ अर्ब बजेट सुनिश्चित भएको छ ।’

राप्ती राजमार्गको बाँकी खण्डको स्तरोन्नतिसहित कालोपत्रेको लागि पनि प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया