एसएस राजामौलीको चलचित्र ‘आर आर आर’ मा श्रद्धा कपूर नखेल्ने

 बैशाख १०, २०७६ मंगलबार १५:१२:५९ | एजेन्सी
unn.prixa.net

अभिनेत्री श्रद्धा कपूर निर्देशक एसएस राजामौलीको फिल्म ‘आर आर आर’ मा काम गर्नका लागि दौडधुप गरिरहेकी थिइन् ।

हलिउड अभिनेत्री डेजी एडगर आउट भएपछि मेगा बजेटमा निर्माण भइरहेको यस फिल्ममा एक विशेष भूमिकाको लागि अभिनेत्री श्रद्धा कपूर रहने चर्चा चलिरहेको थियो । तर अब भने अभिनेत्री श्रद्धा कपूर यस फिल्ममा नरहने चर्चा भइरहेको छ । 

त्यस भूमिकाको लागि श्रद्धा कपूरको नामको चर्चा भए पनि उनी अहिले अन्य फिल्मको काममा व्यस्त भएकै कारण यस फिल्मबाट बाहिरिएकी छिन् । श्रद्धा कपूर अभिनेता प्रभाससँगको फिल्म ‘साहो’ को छायाँकनमा व्यस्त छिन् । यसपश्चात उनी ‘स्ट्रीट डान्सर’ र ‘बागी ३’ को छायाँकंन सुरु गर्नेछिन् । 

फिल्म ‘आर आर आर’ बाट श्रद्धा कपूर आउट भएसँगै फिल्म निर्माताहरु अर्की अभिनेत्रीको खोजीमा छन् । फिल्म निर्माण टिम केही दिन भित्रै छायाँकंनको काम सुरु गर्न खोजिरहेका छन । यसैबीच श्रद्धा कपूरले निर्वाह गर्ने भूमिकाका लागि अभिनेत्री परिणीति चोपडाको चर्चा भइरहेको छ । 

मिडियामा आएका खबरहरुका अनुसार अब परिणीति चोपडालाई फिल्ममा लिन सकिने बताइएको छ । तर यस कुराको आधिकारिक जानकारी भने सार्वजनिक भइसकेको छैन ।  

यस फिल्ममा जुनियर एनटीआर र राम चरण मुख्य अभिनेता रहनेछन् । आलिया भट्ट फिल्मकी मुख्य अभिनेत्री हुनेछिन् भने अजय देवगनको पनि महत्वपूर्ण भूमिका रहनेछ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया