एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट: नेपालकाे अष्ट्रेलियासँग लज्जास्पद हार

 बैशाख १३, २०७६ शुक्रबार १७:३६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले अष्ट्रेलियासँग ११-१ गाेलकाे लज्जास्पद हार ब्यहाेरेकाे छ ।

म्यानमारको मण्डलेमा मण्डलर थिरी स्टेडियममा भएकाे खेलकाे अष्ट्रेलियाका लागि मेरी फ्लाेरले दाेहाेराे ह्याट्रिक गरिन् । पाँचाैँ मिनेटमा नै अष्ट्रेलियाले नेपालकाे डिफेन्सकाे कमजाेरीकाे फाइदा उठाउँदै मेरीले टिमका लागि पहिलाे गाेल गर्न सफल भयाे ।

त्यसपछि खेलकाे नवाैं मिनेटमा अष्ट्रेलियाले फेरि पेनाल्टीकाे अवसर पायाे । जसलाइ मेरीले नै गाेल गर्दै अग्रता २-० मा पुर्‍याइन् ।

त्यसकाे तीन मिनेटमा फेरि अष्ट्रेलियाका लागि मेरीले नै गाेल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गर्दै टिमका लागि तेस्राे गाेल गरिन् । यसपटक पनि नेपालकाे डिफेन्स अष्ट्रेलियाकाे एट्याकका सामु नीरिह रह्याे ।

लगत्तै अष्ट्रेलियाका लागि मेरीले नै चाैथाे गाेल गरिन् । सुरूवाती चार गाेल गरेकी उनकाे गाेलकाे क्रम यतिमा राेकिएन ।

एकपछि अर्काे गाेल खाएकाे नेपालले ३४ अाैं मिनेटमा पाँचाैँ गाेल खायाे । उसका लागि मेरीले ब्यक्तिगत पाँचाै गाेल गरिन । नेपालकाे गाेल खाने क्रम यतिमा राेकिएन । ३६ औं मिनेटमा नेपालकाे डिफेन्सकाे झुर प्रदर्शनकाे फाइदा उठाउदै मेलिन्डाजले टिममा लागि छैटाैं गाेल गर्न सफल भइन। पहिलाे हाफकाे अन्तिममा नेपालका लागि रश्मी कुमारी घिसिङले गाेल गर्न सफल भइन ।

दाेस्राे हाफकाे सुरूमा नै अष्ट्रेलियाले साताैं गाेल थप्याे । उसका लागि उसका लागि मेरीले नै गाेल गर्दै दाेहाेराे ह्याट्रिक पूरा गरिन । ६८ औं मिनेटमा रचेल लेवीले अष्टेलियाकाे अग्रता ८-१ मा पुरर्‍याइन् ।

७८ औं मिनेटमा अष्ट्रेलियाले नेपालविरूद्द नवाैं गाेल थप्याे । उसका लागि सब्स्टिच्युट खेलाडी क्यारा काेने क्राेसले गाेल गरिन्। उनी मेरीकाे स्थानमा मैदान प्रवेश गरेकी थिइन ।

८५ औं  मिनेटमा इन्दापेगी रिलेले अष्ट्रेलियाका लागि १० औं गाेल गर्न सफल भइन्। उनी पनि सब्सिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेकी हुन् । त्यसकाे अर्काे मिनेटमा नेपालले ११ औं गाेल खायाे । अष्ट्रेलियाका लागि साडीनी इभान्सले गाेल गरिन् ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया