माया एउटासँग विवाह अर्कैसँग : बलिउडका चर्चित अभिनेत्रीका प्रेमकथा !

 बैशाख १६, २०७६ सोमबार १३:४५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडमा केही यस्ता अभिनेत्री पनि रहे जाे अभिनयका कारण भन्दाबढी प्रेमसम्बन्धका कारण चर्चामा रहे । उनीहरुकाे प्रेम सम्बन्ध यस्ताेसम्मकाे थियाे कि तिनको ब्रेकअपको खबरले मिडिया तथा फ्यानहरुलाई समेत झट्का लागेको थियो ।

प्रेम सम्बन्ध टुट्दा जति पीडा अभिनेत्रीले भोगे त्यति नै दुःखि उनीहरुका फ्यानहरु भएका थिए । आज हामी बलीउडका तिनै अभिनेत्रीको चर्चा गदैछौँ जो कुनै समयमा कसैको गहिरो प्रेममा रहे पनि विवाह गर्न भने सकेनन् । कोही अर्काे व्यक्तिसँग विवाह गरेर अहिले घरजममा व्यस्त छन् ।  

श्रीदेवी

कुनै समय बलिउडकी सुपरस्टार अभिनेत्री श्रीदेवी र अभिनेता मिथुन चक्रवर्तीको प्रेमको चर्चा निकै हुने गर्थ्याे । तर उनीहरुको प्रेमसम्बन्ध विवाहमा भने परिणत हुन सकेन । दुवै एकअर्काको प्रेममा पागल भए पनि उनीहरुको प्रेम विवाहसम्म पुग्न पाएन ।

तर दुवैले लुकेर विवाह गरेका अफवाह नफैलिएको पनि हाेइन । श्रीदेवी र मिथुनले विवाह गर्न नसक्नुको कारण थियो मिथुनकी पहिलो पत्नी । मिथुनकी पहिलो पत्नी योगिता वालीको जिद्दीका कारण उनले श्रीदेवीको हात थाम्न सकेनन् ।

साथै खबर यो पनि थियो की श्रीदेवी र बोनी कपूरको अफेयरको खबरले मिथुन र श्रीदेवीबीच तनाव हुन थाल्यो । यसै कारण मिथुनलाई विश्वास दिलाउनकै लागि श्रीदेवीले बोनी कपूरको हातमा राखी बाधेकी थिइन ।

उता मिथुनकी श्रीमती योगिता बालीले श्रीदेवी र मिथुनको प्रेम सम्बन्धको अन्त्य गर्न आत्महत्याको कोशिश समेत गरेकी थिइन । पछि श्रीदेवीले मिथुनसँगको सम्बन्ध तोडेर बोनी कपूरसँग विवाह गरिन । 

माधुरी दीक्षित

एक समय माधुरी दीक्षित र सञ्जय दत्तको प्रेमले पनि खुबै चर्चा पायो । तर सन् १९९३ को मुम्बई बम धमाकाको केसमा सञ्जय दत्तको नाम सामेल भएपछि भने याे सम्बन्धमा दरार उत्पन्न भयो ।

सञ्जय दत्त जेल गएसँगै माधुरीले सञ्जयसँगको सम्बन्ध तोडि दिइन । पछि माधुरीले अमेरिकाका डाक्टर श्रीराम माधव नेनेसँग विवाह गरिन् । 

रानी मुखर्जी 

९० को दशकमा अभिनेत्री रानी मुखर्जीको अफेयरको चर्चा आमिर खान, अभिषेक बच्चन र गोविन्दाका साथ खुब हुने गर्थ्याे ।

रानी र गोविन्दाबीचको निकटता धेर नै बढेको थियो । दुवैको प्रेमको चर्चाले गोविन्दाकी श्रीमती सुनितालाई समेत संकटमा पारेको थियो ।

पछि सुनिताले गोविन्दालाई दबाब दिएपछि रानीसँगको सम्बन्ध तोडिदिएका थिए । यस्तै रानी मुखर्जी र अभिषेक बच्चनको विवाहको खबरले समेत बलिउड तातेको थियो 

तर अभिषेकसँगको सम्बध पनि अगाडि बढ्न सकेन र पछि रानीले यशराज फिल्म्सका मालिक आदित्य चोपडासँग गोप्य रुपमा विवाह गरिन् । 

ऐश्वर्या राय बच्चन 

बच्चन परिवारकी बुहारी हुनुअघि विश्व सुन्दरीसमेत रहेकी अभिनेत्री ऐश्वर्या राय र सलमान खानको प्रेम सम्बन्धको निकै चर्चा भयो ।

दर्शक तथा फ्यानहरु यी दुवैले विवाह गरेको हेर्न चाहन्थे । तर त्यसैबीच सलमान खानले ऐश्वर्यालाई मारपिट गर्ने गरेका खबरहरु आउन थाले ।

त्यसपछि यी दुवैबीचको प्रेमसम्बन्धको अन्त्य भयो । सलमान खानसँगको ब्रेकअपपछि ऐश्वर्याले केही समय विवेक ओबेरोयसँग डेट गरेकी थिइन । र अन्त्यमा अभिषेक बच्चनसँग विवाह गरिन् ।  

रविना टण्डन

रविना टण्डन र अक्षय कुमार एक समयमा बलिउडमा उत्कृष्ट जोडी थिए ।

यी दुवैको विवाह हुनेसम्मका खबरहरु आए पनि त्यसअघि नै सम्बन्ध टुङ्गिन पुग्यो ।

पछि रविना टण्डन स्वयमले अक्षयका साथ इन्गेजमेन्ट समेत भइसकेको खुलासा गरेकी थिइन् ।

तर दुवैबीचको आपसी मतभेदका कारण ब्रेकअप भयो । पछि रविना टण्डनले भारतीय ब्यापारी अनील थडानीका साथ विवाह गरिन् । 

शिल्पा शेट्टी 

अभिनेत्री शिल्पा शेट्टीे पनि अक्षय कुमारसँगको प्रेममा थिइन् ।

तर अक्षयले शिल्पाकै मिल्ने साथी ट्विकंलका साथ विवाह गरे । त्यसपछि शिल्पाले अक्षयले आफूलाई धोका दिएको आरोप लगाएकी थिइन् । त्यसको केही समयपछि शिल्पाले राज कुन्द्राका साथ विवाह गरेर घरजममा छिन् । 

करीना कपूर खान

अभिनेत्री करीना कपूर र शाहीद कपूरको प्रेमको पनि बलिउडमा निकै चर्चा भयो । दुवैले केही वर्षसम्म एकअर्कालाई डेट गरे ।

त्यस समयमा शाहीद कपूर कुनै फिल्ममा काम गर्दा आफ्नो जोडीको रुपमा करीना कपूर नै अभिनेत्रीको रुपमा राख्नु पर्ने खालका दवाब दिने गरेको खबर पनि सार्वजनिक भए ।  

तर पछि भने यी दुवैको प्रेम सम्बन्धको पनि अन्त्य हुन पुग्यो । शाहीदसँगको ब्रेकअपपछि करीनाले अभिनेता सैफ अली खानका साथ विवाह गरिन् । 

विपाशा बसु 

वर्षौंसम्म एकअर्काको प्रेममा रहेको जोडी थियो अभिनेत्री विपासा बसु र जोन अब्राहमको । यी दुवै वर्षौंसम्म लिभइन रिलेसनशिपमा पनि बसे ।

दुवैले छिट्टै विवाह गर्नसक्ने अनुमान लगाएका फ्यानहरुलाई अचानक दुवैको ब्रेकअपको खबरले झट्का दिएकाे थियो ।

त्यसको केही वर्षपछि बिपाशा बसुले करण सिंह ग्रोभरका साथ विवाह गरिन् ।

दीपिका पादुकोण

अभिनेत्री दीपिका पादुकोण र रणबिर कपूरको प्रेमले पनि बलिउडमा निकै चर्चा बटुलेको थियो ।

दीपिका पादुकोण रणबिर कपूरसँगको प्रेममा पागल भए पनि रणबिर कपूर भने त्यस कुरामा कहिल्यै गम्भीर थिएनन् ।

दीपिकाबाहेक अरुसँगको सम्बन्धका बारेमा दीपिकाले थाहा पाएपछि उनीहरुको ब्रेकअप भयो । ब्रेकअपपछि दीपिका पादुकोण डिप्रेशनमा समेत परेकी थिइन् ।

त्यसपछि दीपिकाको जीवनमा अर्का अभिनेता रणवीर सिंह आए । अहिले दीपिका र रणवीरले विवाह गरिसकेका छन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया