विप्लव निकट विद्यार्थी संगठनका उपाध्यक्ष पक्राउ

 बैशाख २०, २०७६ शुक्रबार २०:४८:६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुकुम पश्चिमका उपाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । 

सरकारद्वारा प्रतिबन्धित पार्टीको गतिविधिमा संलग्न भएको भन्दै अखिल क्रान्तिकारी रुकुम पश्चिमका उपाध्यक्ष प्रेम बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार, जिल्लाको त्रिवेणी गाउँपालिका २ सिमु्रतुको एक होटलबाट बोहरालाई बिहीबार नै पक्राउ गरिएको हो ।

बोहरालाई सार्वजनिक अपराध कसुर शीर्षक अन्तर्गत मुद्धा चलाएर थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया